काठमाडौं : रवि लामिछानेले दायर गरेको निवेदनको आज पेशी तोकिएको छ । उक्त पेशी रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको हो । लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा रुपन्देही जिल्ला अदालतकै न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले एक करोड रुपैयाँ धरौटी हुने आदेश गरेको थियो ।
त्यसपछि लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका थिए । गत वर्ष चैत २२ गते उच्चको आदेशबाट उनी पुर्पक्षका निम्ति थुनामा पुगेका हुन् । उनले उच्चको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुन ७३ नम्बरको निवेदन दिएका थिए । सर्वोच्चबाट समेत उच्चको आदेश सदर गरिएको थियो । हाल लामिछानेले पुनस् जिल्ला अदालतमै सहकारी ऐनको दफा १३१ क बमोजिम बिगो तिरेर साधारण तारेख माग गर्दै निवेदन दिएका हुन् ।
लामिछानेले दिएको निवेदनमा उक्त कानुन आफ्नो हकमा आकर्षित नहुने भए पनि बिगोका निम्ति दुई करोड ८४ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गरेको उल्लेख गरेका छन् ।