Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ । देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भू(भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागको एक र दुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै पहाडी भू(भागका धेरै ठाउँहरुमा र मधेश प्रदेशलगायतका तराई भू(भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति कोशी प्रदेशको पहाडी भू(भाग तथा मधेश प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागका एक र दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू(भागकाका धेरै ठाउँहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।