Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राप्ती र बबई नदीमा खतराको तह पार, सुरक्षाकर्मीहरू परिचालन गर्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

राप्ती र बबई नदीमा खतराको तह पार, सुरक्षाकर्मीहरू परिचालन गर्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौं - कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्ती र बबई नदीमा जलस्तरले खतराको तह पार गरेको भन्दै जोखिमयुक्त स्थानहरूमा सुरक्षाकर्मीहरू परिचालन गर्न निर्देशन दिएका छन् ।

नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको र भेरी र बबई नदीमा जलस्तर खतराको तह भन्दा माथि गएकाले जनधनको क्षति हुन नदिन सुरक्षाकर्मीहरू परिचालन गर्न निर्देशन दिएका हुन् ।

कार्यकारी प्रमुख भट्टका अनुसार कार्यवाहक प्रधानमन्त्री सिंहले मधेस प्रदेशमा वर्षाको अवस्थाबारे पनि चासो लिएका छन् । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले त्यहाँको वस्तुस्थिति बारेमा पनि कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराए ।