काठमाडौं - कुलिङ अफ पिरियडको सन्दर्भमा गरिएको गडबढीलाई संसदीय छानबिन समितिले गम्भीर त्रुटि भएको ठहर गरेको छ । निजामती विधेयक पारित भइसकेपछि जीवन परियारको नेतृत्वमा बनेको संसदीय छानबिन समितिले सर्वसम्मत प्रतिवेदन तयार पारेर आज प्रतिनिधि सभामा पेश गर्दैछ ।
रातभरिको छलफलपछि सर्वसम्मतरुपमा पारित प्रतिवेदनमा संसदले पारित गरेको विधेयकमा गरिएको त्रुटिमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरज कुमार दुरालाई नैतिकरुपमा जिम्मेवार ठहर गरेको छ