Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर आफूहरु सर्वोच्च अदालत जाने बताए ।

१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई उच्च अदालत पाटनले आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतले तोकेको धरौटीको रकम बुझाएर उनी सोमबार डिल्लीबजार कारागार फर्किएका थिए । त्यसको झन्डै दुई घण्टापछि कारागार प्रशासनले रिहाइको प्रक्रिया टुंग्याएर प्रसाईंलाई बेलुका छाडेको थियो ।