काठमाडौं- नयाँ बानेश्वरमा रहेको करियर स्टेसनमा ६ रुपैयामै ६ वटा कोर्षहरु पढ्न पाईने भएको छ । बानेश्वर चोकवाट शंखमूल जाने बाटोमा नयाँ ब्यबस्थापनका साथ भब्य रुपमा उद्धघाटन सहित संचालनमा आएको करियर स्टेसनले आफ्नो छैठो बार्षिकउत्सबको अबसरमा हजारौं रकम पर्ने कोर्षहरु मात्रै ६ रुपैयामा दिइरहेको हो ।
जसमा विद्यार्थीहरुले ६ रुपैया तिरेर IELTS, PTE, CMAT, KUUMAT, Bsc.CSIT Entrance र IT Entrance सेवाहरु लिन सक्ने स्टेसनका सिईओ हेमराज भट्टले बताए । विद्यार्थीहरुको सेवालाई मध्यनजर गर्दै संस्थाको बार्षिकउत्सक र नयाँ अफिसको उद्धघाटनलाई मध्यनजर गर्दै यो सेवा प्रदान गरिएको उनले बताए । विगत लामो समयदेखी देश भित्र र बाहिर अध्ययन गर्ने विद्यार्थीहरुलाई सस्तो र भरपर्दो सेवा दिइरहेको करियर स्टेसनले करोडौं लगानी गरेर नयाँ अफिस संचालनमा समेत ल्याएको छ ।
जसको आज पूर्वमन्त्री लेखराज भट्टले उद्धघाटन गरेका छन् । देशभित्रै वा बाहिर गएर पढ्ने र केही गर्न चहाने विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै गरिब जेहेन्दार र इमान्दार विद्यार्थीहरुका लागि करियर स्टेसन सधैं साथमा रहने उनले बताएका छन् । यसअघि पनि यस्ता धेरै जसो बिद्यार्थीहरुलाई करियर स्टेसनले निशुल्क वा केही रकम मात्रै लिएर पनि सेवा दिइसकेको छ ।