Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जुम्लाको सिँजामा “पूर्व विद्यार्थी कल्याण कोष” स्थापना ,मालिका मा.विको भविष्य उज्यालो बनाउने प्रतिवद्धता

जुम्लाको सिँजामा “पूर्व विद्यार्थी कल्याण कोष” स्थापना ,मालिका मा.विको भविष्य उज्यालो बनाउने प्रतिवद्धता

जुम्ला- पूर्व विद्यार्थीको साथ, विद्यालयको विकास भन्ने नारालाई आत्मसात गर्दै जुम्लाका सिँजा गाउँपालिकाका यूवाहरुले त्यहाँको शैक्षिक गुणस्तरमा चासो र सक्रियता देखाएका छन् ।

विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूले हाल विभिन्न सरकारी, गैरसरकारी, निजी तथा स्वदेश–विदेशका प्रतिष्ठित क्षेत्रमा कार्यरत रहँदै पनि बाल्यकालको शिक्षालय प्रतिको माया र जिम्मेवारीलाई बिर्सेका छैनन् । श्री मालिका माध्यमिक विद्यालय, धापा सिँजा–१, जुम्लामा स्थायी शैक्षिक गुणस्तर वृद्धिको महान उद्देश्यले “पूर्व विद्यार्थी कल्याण कोष” स्थापना समेत गरिएको छ ।

विद्यालयको ६३औं वार्षिक उत्सवको अवसरमा पूर्व विद्यार्थीहरूको ऐक्यवद्धता, विद्यालयप्रतिको आत्मीयता र योगदानको भावना देखेर विद्यालय परिवार अत्यन्त हर्षित र कृतज्ञ भएको छ ।

विद्यालय प्रशासनका अनुसार, सो अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरूद्वारा १२ लाख ६८ हजार ९ सय २४ रुपैयाँ संकलन गरी पूर्व विद्यार्थी शैक्षिक कल्याण कोष” स्थापना गरिएको छ ।

सोही विद्यालयका पूर्व विद्यार्थी तथा शैक्षिक कल्याण कोषमा एकलाख एक हजार रुपैयाँ सहयोग गरेका अभियानता दिर्घ आचार्यले ग्रामीण क्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तरको अवस्था कमजोर रहेको भन्दै सुधारको लागि सबै जागरुक हुनुपर्ने बताएका छन् ।

सो अभियानलाई दीर्घकालीन रुपमा अगाडि बढाउन सबैलाई आह्वानसमेत गरेका छन् । सहयोग प्रदान गर्दै आचार्यले विद्यालयप्रतिको भावनात्मक सम्बन्ध र प्रतिबद्धता प्रकट गरे ।

जुम्लाका सिँजा गाउँपालिकाबाट हुर्केका युवाहरूले ‘पूर्व विद्यार्थी कल्याण कोष’ स्थापना गरेर सार्थक कदम चालेको उनको भनाइ छ । यो कोषले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार तथा सामाजिक विकासमा टेवा पु¥याउने अपेक्षा समेत गरिएको छ ।

विद्यालय परिवारले यस्तो आत्मीय सहयोग र सकारात्मक ऊर्जा प्रदान गर्ने सम्पूर्ण यूवाहरुलाई आभार र शुभकामना व्यक्त गर्दै, आगामी दिनहरूमा समेत निरन्तर साथ र सद्भावको अपेक्षा गरेको छ।