काठमाडौँ । फेसबुकमा सुसाइड नोट लेखेर आत्महत्या गरेका रिनेश घिमिरेकी प्रेमीकाले आफू स्वयंम पीडित भएको बताएकी छन । उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । आत्महत्या दुरुत्साहनको आरोपमा उनलाई नियन्त्रणमा लीएको हो । उनको बयान लिने क्रममा उक्त युबतीलृे आफै पिडित भएको दाबी गरेकी छिन् । आफूलाई जतिबेला पनि मरिदिन्छु भनेर घुर्की लगाउने गरेको उनले बताएकी छन । युवतीले आत्महत्या गरेकोभन्दा अघिल्लो रात उनीहरु सँगै भएको र राति ९–१० बजेसम्म आफ्नै कोठामा बसेको र कुटपिटसमेत गरेर फर्केको बयान दिएकी छिन । केही दिनअघि रिनेशले फेसबुकमा लेखेको सुसाइड नोट केहीबेरमा नै भाइरल भएको थियो ।
लगत्तै उनले झुण्डिएर आत्महत्या गरेका थिए । सुसाइड नोटमा उनले आफ्नी प्रेमिकालाई आरोपित गरेका छन ।उनको पोस्टमा कमेन्ट गर्दै रिनेशकी प्रेमिकाले आफू स्वयम मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताएकी थीन । रिनेशको यही सुसाइड नोटका आधारमा प्रहरीले दोलखा घर भई काठमाडौं नयाँ बजारमा बस्ने २५ वर्षीया युवतीलाई पक्राउ गरेको हो । आमासँग बसिरहेकी उनी टिकटकमा लाइभ बस्ने गर्थिन । आमाले सानोतिनो व्यापार व्यवसाय गर्छिन । रिनेशको मृत्युपछि अहिले टिकटक भरि उनी र उनको प्रेमीका बिचका पूराना टिकटकहरु धैरै नै भाईरल भएका छन ।अधिकांश सामाजिक सञ्जालप्रयोग कर्ताले उनकी प्रेमीकामाथि बिभिन्न आरोपहरु लगाएका छन । धेरै खाटसम्म पु¥याएकी प्रेमीकाले घाटसम्म पु¥याएको भन्दै अनेक आरोपरुपी शब्दहरु लेखेका छन ।
रिनेश चापागाँउस्थित टौखेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।रिनेशले ललितपुर महालक्ष्मीस्थानमा मोबाइल पसल सञ्चालन गर्दै आएका थिए । प्रहरीको अनुसन्धानका क्रममा घिमिरेले प्रेमीकासँगको मनमुटावका कारण आत्महत्या गरेको खुलेको थियो । प्रहरीका अनुसार घिमिरेले लेखेको पोष्ट सामाजिक सञ्जालमार्फत भाइरल हुन थालेपछि प्रहरीले ती युवतीलाई सम्पर्क गरेको थियो ।प्रहरीको फोनपछि उनी आफैँ प्रहरी वृत्त चापागाउँ पुगेकी हुन । प्रहरीका अनुसार युवती दोलखाकी सुप्रिया खड्का हुन । लामो समयदेखि रिनेश र उनको प्रेमसम्बन्ध रहेको पाइएको प्रहरीले बताएको छ ।रिनेश ढोलाहिटीमा मोबाइल पसल सञ्चालन गर्थे । अहिले भने विभिन्न किसीमका कुराहरु बाहिर आई रहेका छन । सम्बन्धमा खटपट आए पछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । यख्पी यो बिषयमा उनकी प्रेमीकालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।