काठमाडौं । लमजुङ, राईनास नगरपालिका(६ मेजर गाउँस्थित राईनसटार सिंचाई नहरमा सोही नगरपालिका(३ टिमुरे बस्ने ४२ वर्षीया सिता नेपाली बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
भोजपुर, पौवादुङमा गाउँपालिका(१ श्यामशिला बस्ने ६६ वर्षीया कर्णसोभा सुनुवार सोही ठाउँस्थित कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुनसरी, बराहक्षेत्र नगरपालिका(३ कुपिखोलास्थित पैनीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।