काठमाडौं, नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१२ प्रतापपुर बस्ने नारायण प्रसाद पाण्डेको पाण्डे एकीकृत कृषि फर्ममा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब ४ लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रौतहट, कटहरिया नगरपालिका-९ स्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल ई. (प्रा.लि.) मा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब १४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।