Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बोलेरोको ठक्करबाट बीरेन्द्रनगरमा एक जनाको मृत्यु

बोलेरोको ठक्करबाट बीरेन्द्रनगरमा एक जनाको मृत्यु

सुर्खेत,बीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटस्थित सडकमा क.प्र.०२-००१ च ०९४४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ३५ वर्षीय प्रेम बुढाको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।