Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रेमीकालाई सम्बोधन गर्दै संसार छाडेका रिनेश घिमिरेकी प्रेमीका जब आफैँ प्रहरीसामु पुगिन

प्रेमीकालाई सम्बोधन गर्दै संसार छाडेका रिनेश घिमिरेकी प्रेमीका जब आफैँ प्रहरीसामु पुगिन

काठमाडौँ । बाउ–आमाको बुढेसकालको साहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्वल भविष्यको शुभकामना अनि धेरैधेरै माया । अल्बिदा भन्दै संसारबाट सधाका लागि अस्ताएका रिनेश घिमिरेको घटनाको अनुसन्धान चलिरहेको छ । सामाजिक सञ्जाल टिकटक र फेसबुकमा अति नै भाईरल बनेको घटनामा जोडिएको उनकी प्रेमीको बारेमा धेरैले गाली गरिरहेका छन । यहिबिषयमा अहिले उनै प्रेमीकालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पाईएको छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी चक्रराज जोशीका अनुसार प्रहरीले उनीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान अघि बढाएको छ ।एक साताअघि ललितपुरमा बस्दै आएका युवक रिनेश घिमिरेले आफ्नो फेसबुक पेजमा एउटा स्टाटस पोस्ट गरेर आत्महत्या गरेका थिए । उनको स्टाटस पछि उनको खोजी भईरहदा उनै केही बेरमै मृत फेला परेको समाचार बाहिरएको थियो ।तर उनको मृत्युपछि अहिले टिकटक भरि उनी र उनको प्रेमीका बिचका पूराना टिकटकहरु धैरै नै भाईरल भएका छन ।अधिकांश सामाजिक सञ्जालप्रयोग कर्ताले उनकी प्रेमीकामाथि बिभिन्न आरोपहरु लगाएका छन । धेरै खाटसम्म पु¥याएकी प्रेमीकाले घाटसम्म पु¥याएको भन्दै अनेक आरोपरुपी शब्दहरु लेखेका छन । स्टाटससँगै घिमिरेले आफ्नो र एक युवतीको तस्बिरसमेत राखेका थिए ।

रिनेश चापागाँउस्थित टौखेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।रिनेशले ललितपुर महालक्ष्मीस्थानमा मोबाइल पसल सञ्चालन गर्दै आएका थिए । प्रहरीको अनुसन्धानका क्रममा घिमिरेले प्रेमीकासँगको मनमुटावका कारण आत्महत्या गरेको खुलेको थियो । घिमिरेको मृत्यु भएको पाँच दिनपछि उनले फेसबुकमा पोस्ट गरेकी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी चक्रराज जोशीका अनुसार युवती सोमबार साँझ प्रहरीको सम्पर्कमा पुगेकी हुन् । प्रहरीका अनुसार घिमिरेले लेखेको पोष्ट सामाजिक सञ्जालमार्फत भाइरल हुन थालेपछि प्रहरीले ती युवतीलाई सम्पर्क गरेको थियो ।प्रहरीको फोनपछि उनी आफैँ प्रहरी वृत्त चापागाउँ पुगेकी हुन् । प्रहरीका अनुसार युवती दोलखाकी सुप्रिया खड्का हुन् । लामो समयदेखि रिनेश र उनको प्रेमसम्बन्ध रहेको पाइएको प्रहरीले बताएको छ । तर, पछिल्लो सयम उनीहरूबीचको सम्बन्धमा खटपट हुन थालेको र त्यही कारण घिमिरेले आत्महत्या गरेको देखिएको प्रहरीको दाबी छ ।