काठमाडौँ । ‘मलाई बचाउनु दाइ’ भनेर दाई हिमाल राई म्यासेज लेखेका हरिप्रसाद राई मलेसियामा सम्पर्क बिहिन भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका राई पाँच दिनदेखि सम्पर्कविहीन भएका हुन्। मलाई सिध्याउने षड्यन्त्र गरेका छन्। बोसलाई नभन्नु। उसले थाहा पायो भने मलाई सिध्याउँछ। अब मलाई घर पठाउँदैन। घर जानका लागि म भाग्नुपर्छ। तपाईहरू सल्लाह गर्नुस्। दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस्।’ भनेर दाजु हिमाललाई म्यासेज गरेका उनी साउन–२ गतेदेखि सम्पर्कविहीन भएका छन ।
तीन वर्षअघि मलेसिया पुगेर केएल स्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय राईको खोजी भई रहेको छ । सम्पर्कविहीन हुनुअघि साउन–१ गते मलेसियामै रहेका साहिला दाजु हिमार्ल लाई अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज भेटिएको हो । कम्पनीमा आफूले कुनै गल्ती नगरे पनि अरुहरूले गरेको गल्तीलाई आफूमाथि थुपारेर दोष लगाउँदै मार्ने षड्यन्त्र गरेको दाजु हिमाललाई हरिप्रसादले पठाएको म्यसेजमा भनिएको छ । म्यासेन्जरमा बोल्दा–बोल्दै भाइ सम्पर्कविहीन भएपछि मलेसियास्थित नेपाली राजदूतावास र भाइ कार्यरत कम्पनीलाई खोजिगरी दिन आग्रह गरेको हिमालले बताए। राई विसं २०७९ साउन–२८ गते मलेसिया पुगेका थिए । हरिप्रसाद सम्पर्कविहीन भएको जानकारी प्राप्त भएलगत्तै मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको नेपालस्थित मेनपावर कम्पनीका प्रतिनिधि निरज दाहालले जानकारी दिए।पछिल्लो समय वैदेशीक रोजगारीमा जानेको संख्या बढ्दो छ ।
संख्या बढे संगै समस्या पनि बढ्ने क्रममा छन ्। गत आर्थिक वर्षमा वैदेशिक रोजगारका लागि ८ लाखभन्दा बढी श्रमिकले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्ष २०८१।०८२ मा ८ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएको जानकारी दिएको हो।विभागका अनुसार श्रम स्वीकृति लिनेहरुमा ७ लाख ४४ हजार ८ सय ११ जना पुरुष र ९४ हजार ४५५ जना महिला रहेका छन्।गत आर्थिक वर्षमा सबैभन्दा धेरै श्रमिकहरु युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, कोरिया, क्रोएसिया र बहराइन गएका छन्। विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विगत पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ जनाले श्रम स्वीकृति लिएको उल्लेख गरे। उनका अनुसार हालसम्म १ हजार ६ सय ८७ संस्थाहरुले इजाजत प्राप्त गरेकोमा २०८२ असार मसान्तसम्म २१२ वटा संस्थाहरु नवीकरण भएका छन्। दिनहुँ देश छाड्नेको लर्को लागेको छ । तर, विदेश गएका सबै सफल भने भएका छैनन । देशमै रोजगारी नहुँदा कयौँ युवा विदेशी रहेका छन् । विदेश गए संगै समस्या पनि बढ्दा छन् ।