काठमाडौँ । राज्यले चिन्न नसेकेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा बैज्ञानीक महाविर पुनले आफ्नो आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री गरेका छन् । उनले गाउँ गाउँ, शहर शहर डुलेर आफैले किचताब बिक्री गरेका हुन् । राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनमा समस्या भए पछि उनले आफ्नै जिवी आफ्रले बेच्दै हिडेका छन । कृषि औजार कारखाना संचालन गर्न पैसाको अभाब भएका बेला उनी आफै किताब लेखे र आफै बेच्न लागी परेका छन् । यति सम्मकी पुनले आफुले प्राप्त गरेका मेडल समेत बिक्रिका लागी राखे । पुन आफ्नै देशमा युबाहरुलाई रोजगार दिएर उत्पादन गर्नु पर्छ भन्दा उनलाई सरकारले ध्यान दिन सकेको छैन । भएका सबै कारखाना बन्द भएको अवस्था छ, सियो देखी लिएर दाँत कोट्याउने सिन्का सम्मको लागी हामी बाहिर निर्भर छोँ । पुनले यहि कुरालाई अन्य गर्न कोसिस गरिरहेका छन् ।
केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएकापुनले उक्त जानकारी दिएका हुन्। उनले पुस्तक बिक्रीबाट १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताए। उनको पुस्तकको मूल्य ७५० छ। यो रकमलाई उनले केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिए। पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहेका उनलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ।विर्तामोड नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी केन्द्रको सहयोगार्थ ५० हजार मूल्य बराबरको पुस्तक खरिद गरेको छ। विर्तामोड, दमक, बाह्रदशी, विर्तामोड, बुद्धशान्तिलगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा उनको किताब किन्ने अभियान सञ्चालन भइरहेको छ। विर्तामोडमा सोमबार आयोजित कार्यक्रममा डा। पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवाहरूलाई आग्रह गरे। उनले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिए।
ती उपकरण भविष्यमा पालिकाका साना किसानका लागि लाभदायक हुने उनले विश्वास व्यक्त गरे। किताब बेच्दै नागरिकको प्रश्नमा आफ्नो जीवनका भोगाइ, लक्ष्य र राज्यले गरेको व्यवहारका सम्बन्धमा उनी खुल्दै आएका छन् । कारखाना संचालनको लागि सरकारबाट पर्याप्त सहयोग नमिलेको भन्दै पुनले आफ्नो आत्मकथा विक्रीबाट उठेको रकम कारखानाको निर्माणमा लगाउने सोचको साथ अभियान सुरु गरेका हुन् । कृषि उत्पादनलाई आधुनिकीकरण गर्ने गरि आफ्नै देशमा औजार , मेसिनरी सामग्री उत्पादन गर्ने भन्दै उनले आविस्कार केन्द्र मार्फत विरगन्जमा बन्द भैसकेको सरकारी उधोगलाई पुनः संचालनमा ल्याएका छन ।