शैक्षिक हड्तालको घोषणा गरेको नेकपा बहुमट निकट अखिल ९क्रान्तिकारी० का विद्यार्थीहरूले हड्तालको अवज्ञा गरेको भन्दै काठमाडौंको नयाँ बसपार्कस्थित तक्षसिला स्कुलको गाडीमा तोडफोड गरेका छन् । स्कुल बन्द गराउँदै हिँडेको नेकपा बहुमट निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूले तक्षसिलाको स्कुल बस मनमैजुमा तोडफोड गरेका हुन।
शिक्षा ऐन छिटो जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्नेलगायतका मागसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले आज एक दिन आम शैक्षिक हडताल घोषणा गरेको हो । हडतालको घोषणा काठमाडौँका कतिपय निजी विद्यालयले बिहीबार बेलुका अभिभावकहरूलाई विद्यालय बन्द हुने जानकारी पठाएका थिए ।
बस तोडफोडमा सामान्य क्षति भएको छ भने बन्दकर्ताहरुले बस केहीबेर नियन्त्रणमा लिएका थिए । क्रान्तिकारीका विद्यार्थीहरुले राजधानीको रत्नराज्य मावि लगायत पठनपाठन सुरु भएको विद्यालयहरु बन्द गर्न लगाएका छन । साथै स्कुल बसहरु पनि ठाउँ ठाउँमा रोक्दै बीच बाटोबाट फकाईएको छ भने खुलेका स्कुलहरुहरु पनि बन्द गर्न लगाएका छन । कतिपय निजी विद्यालयले बिहीबारै अभिभावकलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए।
आन्तरिक परीक्षा सञ्चालन भइरहेका कारण कतिपय विद्यालय भने खुलेका छन्। सरकारी शैक्षिक संस्थामा भने धेरैजसो बर्खे बिदा भएका कारण बन्द नै छन्। केही शैक्षिक संस्था बन्द हुँदा केही भने खुलेका छन । विद्यालय बन्द भएपछि विद्यार्थीहरुको फर्किरहेका छन । त्यस्तै, अखिल नेपाल शिक्षक संगठनले पनि सरकारले नयाँ शिक्षा ऐन जारी गर्ने क्रममा आफूहरूसँग भएको सहमतिलाई लत्याएको र शिक्षा क्षेत्रलाई बेवास्ता गरेको भन्दै आन्दोलनमा समर्थन जनाएको छ।
संगठनका अध्यक्ष लछुराम शर्मा ढकाल र महासचिव मदनराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसअघि २९ दिनसम्म चलेको अनिश्चितकालीन सडक आन्दोलन र त्यसका उपलब्धिहरूलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरिएको छ।आन्दोलनरत संगठनहरूले निःशुल्क शिक्षासम्बन्धी हकको कार्यान्वयन, शिक्षामा हुने र नहुनेबीचको विभेदको अन्त्य, स्वदेशमै अध्ययन र रोजगारीको वातावरण निर्माण, शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान, र शिक्षा क्षेत्रमा व्याप्त दलालीकरण, माफियाकरण र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने माग राखेका छन्। संगठनहरूले शैक्षिक हड्तालको अवज्ञाबाट उत्पन्न हुन सक्ने परिस्थितिका लागि सम्बन्धित पक्ष नै जिम्मेवार हुने चेतावनीसमेत दिएका थिए ।
शिक्षकहरुले आफ्ना माग पुरा नभए फेरि सडकमा आउने चेतावनी दिएका छन्। शिक्षा बिदेक सरकारले असार १५ गते सम्म पारित गर्ने भनेर सहमती गरेको थियो तर,अहिले सम्म सहमती पुरा भएको छैन ।