Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज कोशी, बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज कोशी, बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । आज देशका केहीँ भागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहितका केही पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराईका थोरै ठाउँहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।