काठमाडौँ । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिशेषगरि तल्लो बाटो हुदै अमेरिका पुगेका नेपालीहहरुलाई देश निकाला गरिरहेका छन । लाखौ पैसा बुझाएर तल्लो बाटो हुदै अमेरिका पुगेका नेपालीहरुको डलर कमाउने र परिवारलाइ खुसी बनाएर राख्ने सपना चक्नाचुर बन्दै गएको छ । हालसम्म ट्रम्प प्रशासनको कडा अध्यागमन नीतिपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १९७ पुगेको छ । यसैबिचमा फेरि पनि अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन । नेपाल आएका अधिकांश चाहिँ तल्लो बाटो हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरु छन । डिपोर्ट भएर आएकाहरुले आफूहरुलाई अवैध रुपमा अमेरिका पठाउने गिरोहबारे सूचना दिन्छन कि भन्ने हिसाबले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विमानस्थलमै सोधपुछ गरेको थियो । तर, ३७ जनाले नै प्रहरी कहाँ कुनै किसिमको सूचना दिएनन । बरु भोलिपल्ट आउने भन्दै राति छुटेका उनीहरुले प्रहरीलाई सम्पर्कसमेत गरेनन । उनीहरूले मानव तस्करलाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए र प्रायः चिनजानकै व्यक्तिबाट प्रलोभनमा परेका थिए। प्रहरीका अनुसार, धेरै पीडित बिचौलियाबाट पुनः विदेश पठाइने आश्वासनका कारण उजुरी गर्न हिच्किचाउने गर्छन्। यस्तै व्यवहारका बीच प्रहरीले भने मानव तस्करीमा संलग्न गिरोहबारे अनुसन्धान अघि बढाउने प्रयास जारी राखेको छ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले कडा अध्यागमन नीति अख्तियार गरेको थियो । त्यसपछि सामान्य कसुरमा पक्राउ परेका केही व्यक्ति पनि डिपोर्ट भएका छन । ब्यूरोमा लामो समयदेखि काम गरिरहेका एक अनुसन्धान अधिकारीका अनुसार, उनीहरूलाई तल्लो बाटोबाट अमेरिका पठाउने व्यक्ति गाउँघरका चिनजानकै व्यक्ति हुने र फेरि विदेश पठाइदिने आश्वसन दिने हुँदा उजुरी गर्न मान्दैनन । मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उनीहरुलाई उत्तरी अमेरिका लगेका थिए । डिपोर्ट भएकाहरूमध्ये केहीले आफ्नो सामान बोरामा हालेर ल्याएका थिए। केही प्लास्टिकका झोलामा आफ्नो सामान लिएर विमानस्थलबाट बाहिरिएका थिए।
डिपोर्ट भएकाहरु दलालमार्फत अमेरिका पुगेको हुन सक्छन्। पीडितहरूले उजुरी दिएको खण्डमा प्रहरीले अनुसन्धान गर्न सक्छ।अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेका कारण त्यहाँको सरकारले उनीहरूलाई डिपोर्ट गरेको हो। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि आप्रवासी नीतिमा कडाइ गरिएको छ। यसरी अमेरिकाबाट फिर्ता पठाइएका नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि अध्यागमन अधिकारीहरूले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा जिम्मा लगाउने गरेका छन । ब्युरोका अधिकारीहरूले सोधपुछ गरेपछि उनीहरूलाई आफन्त तथा साथीभाइहरूको जिम्मा लगाउँछन । प्रहरीका अनुसार अहिलेसम्म फिर्ता भएकाहरू अधिकांश मेक्सिको हुँदै विना भिसा अमेरिका छिर्नेहरू रहेका छन । उनीहरूले अमेरिका प्रवेशका लागि १ लाख डलरसम्म खर्च गरेको पाइएको हो । त्यसअघि, सन २०२४ मा जम्मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । सन २०२४ को १२ महिनाको तुलनामा सन २०२५ को ५ महिनामा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको सङ्ख्या झन्डै तीन गुणा बढी रहेको छ ।