Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एनआरएनए अष्ट्रेलिया नर्दन टेरीटोरी : भुषालले गरे कोषाध्यक्ष पदमा उम्मेद्धारी घोषणा

एनआरएनए अष्ट्रेलिया नर्दन टेरीटोरी : भुषालले गरे कोषाध्यक्ष पदमा उम्मेद्धारी घोषणा

काठमाडौँ । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरेका छन् । विगत १ दशकदेखि अष्ट्रेलियाका विभिन्न राज्यमा रहेर आर्थिक व्यबस्थापनको पाटोमा अनुभव बटुलीसकेका भुषालले नेपाली समुदायका लागि केही नयाँ कार्यक्रम लागू गर्ने उदेश्यका साथ उम्मेद्धवारी घोषणा गरेको बताए ।

लामो समयदेखि स्वयम सेवकको काम गरी समुदायको बिचमा लोकप्रियता हाँसिल गरेका उनले उक्त पदलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने कुरामा जोड दिए । उनको उम्मेद्धवारीलाई एनआरएए नर्दन टेरोटोरीका पूर्व तथा वर्तमान कार्यसमितिका सदस्यहरुले स्वागत गरेका छन् ।

नर्दन टेरीटोरीमा अध्यक्ष पदका लागि भवानी पौडेल, उपाध्यक्षमा रविन भुषाल, सचिवमा आकाश बुढाथोकी तथा युथ कोअर्डिनिडेरमा अनुपम ढुंगाना बलियो दाबेदारका रुपमा देखिएका छन् । नर्दन टेरीटोरी राज्यमा १२ जुलाईमा उम्मेद्धवारी दर्ताको कार्यक्रम रहेको छ । त्यस्तै २६ जुलाईमा एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका निर्वाचन हुँदैछ ।