Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ममतालाई टुक्रैटुक्रा पारेर हत्या गरेका नरेश अदालतमा देखिए,फेरि यस्तो तथ्य बाहिरियो

ममतालाई टुक्रैटुक्रा पारेर हत्या गरेका नरेश अदालतमा देखिए,फेरि यस्तो तथ्य बाहिरियो

काठमाडौँ । महिनौ दिन बितिसकेको छ अमेरिकमा आफनै पतिले पत्नी ममतको हत्या गरि टुक्रा टुक्रा पारेर बेपत्ता पारिदिएको घटना पनि । हामीले गतबर्षको भदौ महिनादेखी नै अमेरिकमा नेपाली नर्स ममता काफलाई उनकै पति नरेश भट्टले हत्या गरेको बारे समाचार भन्दै आएका छौ । अहिलेसम्म यो हत्याको बिषयमा अमेरिकामा अनुसन्धान भईरहेको छ । आगामी मे २८ तारिखमा अदालत प्रांगणमा ममताको जन्मदिनको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम हुदै छ । यो ममता बिना मनाइने पहिलो जन्मदिन हो। यता प्रहरीका अनुसार, नरेशले पत्नीको हत्या गरी उनको शवलाई टुक्र्याएर फोहोर टोकरीमा फालिदिएका थिए।

पछि ममताको रगत भेटिएपछि निर्णायक मण्डलले उनलाई पहिलो श्रेणीको हत्याको अभियोगमा दोषी ठहर गरेको छ। नरेश भट्टको अर्को सुनुवाइ अगस्त २७ मा तोकिएको छ भने सेप्टेम्बर ८ मा उनको निर्णायक मण्डल बयान हुने तय भएको छ। उनै हत्याको आरोप लागेका नरेश भट्ट शुक्रबार बिहान अदालतमा देखा परेका थिए । शुक्रबारअदालतमा उपस्थित हुँदा कारागारको सुनौलो पोशाकमा उपस्थित थिए। त्यसक्रममा ममता काफ्ले भट्टका परिवार, साथी र समर्थकहरू थिए, जसले घरेलु हिंसाविरुद्धको चेतनाको सङ्केत स्वरूप बैजनी रिबन लगाएका थिए।प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा काम गर्ने ममता अन्तिमपटक जुलाई २७ मा अस्पताल पुगेकी थिइन् । लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई उनी हराएको खबर गरेका थिए ।

अगष्ट २ मा प्रहरी ममता र नरेशको घर पुगेका थिए । सोधपुछका क्रममा नरेशले ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए । प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो । त्यसयता नरेश प्रहरी हिरासतमा छन् । लामो अनुसन्धानपछि ममताको हत्या गरेर नरेश आफैले उनको शव लुकाएको प्रमाण अदालतमा पेस गरिएको थियो । भट्टले छिमेकको आसपासका क्षेत्रमा फोहोरका ठुला झोला फ्याकेको सर्भेलेन्स क्यामराहरूमा देखिएको थियो । अन्य फुटेजमा उनले चक्कु र सफा गर्न प्रयोग गरिने सामान किनेको पनि देखिएको थियो । एउटा दान साइटमा भट्टले रगत लागेको बाथरुमको बाथम्याट दिएको पनि भेटियो । भट्ट दम्पतीको घरमा शयन कक्षमा रगतको छिटा पाइएको थियो ।

दृश्य हेर्दा कसैलाई जमिनमा घिसारेको जस्तो देखिन्थ्यो । घटना लगत्तै भट्टले आफ्नो टेस्ला कार बेचेका थिए भने घर पनि बेच्ने प्रयासमा थिए । ०७७ साल मंसिर २५ मा नरेश र ममताको विवाह भयो । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिकाका लागि उडिन् । झण्डै एक वर्षअघि उनले छोरीलाई जन्म दिइन् । अहिले ति बालिकाले न आमाको माया र साथ पाएकी छन न बुबाको ।