काठमाडौँ । टिकटकमा मनपरी बोलेपछि फेरि एक युवती पक्राउ परेकी छन । टिकटक लाइभमा अभद्र गालीगलौज गरेको आरोपमा धनुषाको जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीय रोशनी खातुनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले आरोपित खातुनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।प्रहरीका अनुसार खातुनले टिकटक लाइभमार्फत समाजमा नकारात्मक असर पार्ने किसिमका अपशब्द प्रयोग गरेकी थीन । उनको क्रियाकलापले सामाजिक सद्भावमा खलल र्पुयाउन सक्ने देखिएकाले नियन्त्रणमा लीएको प्रहरीले जनाएको छ । पक्राउ परेकी खातुनविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको छ । हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । रोशनीले जनकपुरबाट रोशनीजी ह्यान्डल चलाउने गर्छिन ।खातुनविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ। यस्तै प्रकरणमा केही समयअघि काठमाडौंमा रमा बस्नेतलाई पक्राउ गरिएको थियो।
साईबर ब्यूरोले पक्राउ गरी उनीमाथि अनुसन्धान गरेको थियो। अदालतले धरौटीमा छाडेकी बस्नेत अझ पनि रोकिएकी छैनन्। उनले गालीगलौजका भाषा प्रयोग नगरे पनि सरकारविरुद्ध र रास्वपाको पक्षमा निरन्तर भिडिओ बनाउन थालेकी छन्। सामाजिक सञ्जाल टिकटकमा प्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली लगायत अन्य नेताहरुविरुद्ध जथाभाबी बोलेको र गालीगलौज गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएपछि उनका बुवा बलदेव बस्नेतले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
यस अघि असार १० गते उक्त रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बस्नेतलाई थुनामा राख्नुको कारण विपक्षीसँग मागेको थियो । बन्दीको रिटमा सुनुवाइका लागि पेसी तोकिए पनि बस्नेत भने यसअघि नै जिल्ला अदालत काठमाडौंबाट धरौटी बुझाएर रिहा भइन । साइबर ब्युरोको टोलीले यहीँ असार १ गते उनलाई पक्राउ गरेपछि असार ९ मा बस्नेतका बुवा बलदेवले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
साइबर ब्युरोको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले यहीँ असार ११ मा जिल्लामा मुद्दा दायर गरेकोमा असार १२ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा छाड्न आदेश दिएपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएकी थीन । पछिल्लो समयमा सामाजिक सञ्जालमा मनपरि बोल्ने लेख्ने बिरुद्ध साईबर ब्यूरोको टिम सक्रिय रुपमा लागेको छ । यस्तै प्रतिष्ठत ब्यक्तिको फोटो भिडियोमा कमेन्ट गर्नेहरुबिरुद्ध पनि अहिले धमाधम उजुरी पर्न थालेको छ भने पक्राउ पनि परिरहेका छन ।