काठमाडौँ । हिजो सिद्धबाबा मन्दिर नजिककै पहिरोमा परि पाल्पाका जनक भण्डारी अस्ताए । उनी आफनो श्रीमतिलाई लिएर घर फर्किदै थिए । तर त्यही क्रममा उनी चढेको मोटरसाइकमाथि पहिरो खस्यो । पहिरो जनकले चलाएको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमै परेको थियो । ढुंगासहितको पहिरोले मोटरसाइकल र जनकलाई पहिरोले लछार्दै राजमार्गबाट झण्डै ८० मिटर तल तिनाउ नदीको किराना र्पुयाउँदा अचेत रहेका उनलाई तत्काल प्रहरीले उद्धार गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याए पनि उनी बाँच्न सकेनन ।
मोटरसाइकल पछाडि रहेकी श्रीमती कल्पना भने ढुंगाले मोटरसाइकलमा लाग्दा उछिटिएर बाटो छेउमै अडिएकाले सामान्य चोट लागे पनि बाँच्न सफल भइन । कल्पना आफू बाँचे पनि उनको खुसी र उनलाई अन्तिम शाससम्म साथ दिने जिवन साथी नै सधाका लागि उनकै अघि अस्ताए । पल्पा रामपुर नगरपालिका९ ६ तालपोखरा घर भएका जनक भण्डारी आफनो श्रीमतिलाई सरकारी जागिरे भएको देख्न चाहन्थे । उनी श्रीमतिलाईे लोकसेवा परिक्षा गराएर संगै फर्किदा यस्तो अकल्पनीय दुर्घटना भएको हो । पाल्पा–रुपन्देहीमा मङ्गलवार बिहान र दिउँसोसम्म ठूलो पानी परेको थिएन तर उनीहरूले परीक्षा सकाएर फर्कने समयअघि ठुलो पानी परेको थियो । घरमा पूजाको तयारी भएकाले उनीहरू पानी केही कम भएपछि मोटरसाइकलमै घर जानका लागि तयार भएर हिँडेका हुन् ।बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा आउदै गरेका भण्डारीको परिवार अहिले शोकमा छन । अझ हिजो नै जनकको घरमा पुजा पनि चल्दै थियो । परिवार र आफन्तहरु पुजाको तयारीमा जुटिरहेका थिए । जनक परिवारका एकमात्र छोरा थिए ।
पुजामा आएका आफन्तहरु मलामी बन्न पुगे । अहिले परिवारमा रुवाबासी चलिरहेको छ । परिवारका सदस्य अचेत अवस्थाका जस्तैभएका छन । मृत्युमार्ग भनेर चिनिएको सिद्धबाबा क्षेत्रमा हरेक बर्षमा यस्तै बिपत्ती आईरहेका छन । हरेका बर्ष यो बाटो हुदै यात्रा गरेका केही केही यात्रुहरुले ज्यान गुमाईरहेका छन । अति दुर्घटनाको जोखिम भएको क्षेत्रमा बर्षौपहिले देखी सडकमर्मतको काम चलिरहेको छ तर सुस्त गतिमा काम हुदा हरेकबर्ष यस्तै ठूला घटनाहरु भईरहेका छन । अहिले यो क्षेत्रमा सुरुङ बनाउने काम पनि चलिरहेका छ । दुर्घटना कम गराउन पहिलेको तुलनामा बाटो फराकिलो बनाउने काम पनि भईरहेको छ । तपाईहरु पनि यो बाटो हुदै यात्रा गर्दै हुनुहुन्छ भने एकपटक सडकको अवस्था राम्रोसंग बुझेर मात्र गन्तब्य तय गर्नुहोला ।