काठमाडौं । बिहीबार साँझदेखि परिरहेको अविरल बर्षाका कारण सिंहदरबारको पर्खाल भत्किएको छ । बर्षाका कारण शुक्रबार बिहान सिहदरबारको पर्खाल भत्किएको हो ।
पर्खाल भत्किँदा बाटोमा हिँडिरहेका एकजना विद्यार्थी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । पूर्वी गेटपट्टिको पर्खाल भत्किएपछि एकछिन सवारी आवत जावतमा समस्या भएको थियो ।
अहिले पर्खाल ढलेपछि थुप्रिएको माटो र इट्टा पन्छाइ सकेको छ । भूकम्पले कमजोर भएको वाल केही दिनदेखि परिरहेको बर्षाका कारण भत्किएको जनाइएको छ ।