Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दाउन्नेमा सडक भासियो,यातायात ठप्प

दाउन्नेमा सडक भासियो,यातायात ठप्प

काठमाडौँ । नारायणघाट(बुटवल सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ। दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोलानजिकै सडकको केही भाग वर्षाको कारण बगेको कारण सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

बर्षाको कारण क्षति भएको सडकको मर्मत कार्य सुरु भइसकेको नारायणघाट–बुटवल सडक योजनाले जनाएको छ। बुधबार दिउँसो सम्ममा सडकको मर्मत पूरा हुने र दुवैतर्फ सवारी सञ्चालन हुने आयोजनाले दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले पनि आज बिहान करिब ६ बजेदेखि यो सडक पूर्णरुपमा सडक अवरुद्ध भएको जनाएको छ।

‘बर्दघाट नगरपालिका वडा नम्बर( ४ दाउन्ने जंगल खुर्सानी खोलास्थित पूर्व पश्चिम राजमार्गमा बर्षातको कारण सडक करिब ३४ फिट जति भासिन जाँदा, बाटो दुईतर्फी नै बन्द रहेको हुँदा उक्त बाटो प्रयोग गर्नुहुने सम्पूर्ण सवारी साधन र आम सर्वसाधारण यात्रु महानुभावलाई वैकल्पिक बाटो प्रयोग गर्नु हुन अनुरोध छ,’ जिप्रका नवलपरासी पश्चिमले जारी गरेको सूचनामा भनिएको छ।

नारायणघाट(बुटवल सडक विस्तारमा ढिलाइ हुँदा विगत लामो सयमदेखि यात्रुले सास्ती खेप्दै आएका छन्।