Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बाढीले त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

बाढीले त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं । बाढीले त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार भएको छ ।

नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका नुवाकोट,विदुर नपा(१ लभडाँडा मिलन चौतारा बस्ने वर्ष ६७ को पाल्देन तामाङ र श्रीमती वर्ष ६२ को मंगली तामाङको उद्वार गरिएको विपद प्राधिकरणले जानकारी दिएको छ ।

उनीहरूको साढे २ घण्टापछि उद्वार गरिएको हो । उनीहरू त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको बर्षाको कारण एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेको थिए ।

बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसेका थिए । हावा र पानीको बहाबका कारण उद्धारमा कठिनाइ भएको थियो ।