काठमाडौँ । नेपाल चीन सीमा क्षेत्र आज बिहान आएको बाढीले ठुलो मात्रामा भौतिक संरचनामा क्षति पुर्याएको छ । भीषण वर्षासँगको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरे । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएको छ ।
यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको बताए । उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर तथा मजदुरलाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए ।



