Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

श्रीमती घर नआएको झोकमा ज्वाइँले ससुरालीका सबैलाई सिध्याए

श्रीमती घर नआएको झोकमा ज्वाइँले ससुरालीका सबैलाई सिध्याए

काठमाडौँ । आफ्नै ससुराल पुगेर ज्वाईले सासुससुरा र श्रीमति सहित सालोको ज्यान लिएको भोजपुरको घटनाले अहिले सबैको ध्यान तानेको छ । सुन्दा पनि डर लाग्यो यो घटनाले अहिले भोजपुरको धोद्लेखानी शोकमा डुबेको छ । अहिले त्यसरी सामुहिक रुपमा ससुराली परिवारको ज्यान लिने ज्वाई नै गम्भिर अवस्थामा पुगेका छन ।

भोजपुरको रामप्रसाद गाउँपालिका(२ धोद्लेखानीमा ससुरालीमा ४ जनाको सामूहिक हत्या गर्ने ज्वाइँ राजेन्द्र राई आफैँ गम्भीर घाइते छन ।राजेन्द्रको पेटमा २र३ ठाउँ छुरीको चोट पाइएको छ । भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि अहिले उनलाई विराटनगर रिफर गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।उनले राति सुतिरहेको बेला सासूले आफूमाथि आक्रमण गरेको र ब्युँझिँदा हातमा छुरी देखेपछि त्यही छुरी खोसेर सबैलाई मारेको प्रारम्भिक बयान दिएका छन् । गएराति १ बजेतिर ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षका सपन गिरीको हत्या गरेका राजेन्द्रले ‘मैले चारजनालाई छुरी हानेर आएको छु । शायद मरिसके होलान्’ भन्दै हुर्बु भञ्ज्याङ निस्किएर प्रहरीलाई फोन गरेका थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेका थिए । हत्यामा संलग्न आरोपीलाई घटनास्थलभन्दा करिब ५ किलोमिटर टाढा हर्बु भञ्ज्याङबाट प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको छ ।

हत्यामा संलग्न राजेन्द्रलाई जिल्ला अस्पतालबाट थप उपचारको लागि धरान लगिँदैछ । उनको पेटमा चोट लागेको छ । गएराति खाना खाएर सबै जना सुतेको र सल्याङ बल्याङ आवाज आएपछि आफू ब्युँझिदा परिवार नै मिलेर आफ्नो हत्या गर्ने प्रयास भएको आरोपीले प्रहरीलाई बताएका छन् । भोजपुर नपा–२ हेलौंछाबाट उनी ६ दिनअघि ससुराली गएका थिए । पत्नी मनिषालाई सासूले डेढ महिनाअघि लिएर गएकी थिइन् । पारिवारिक विषयमा उनीहरूका बिचमा मनमुटाव हुँदा विवादले हत्याको रूप लिएको हुनसक्ने प्रहरीको आकलन छ । भोजपुर नगरपालिका(२ भाम्राङका राजेन्द्रले १६ वर्षमै छोरी भगाएर लगेपछि आमा गएर फर्काएर ल्याएको बताइएको छ । उमेर पनि नपुगेको भन्दै बुवाआमाले लैजान दिएनन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दिपक श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो बिहे हो ।