Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डिभिजन वन कार्यालय तनहुले २२ प्रजातिका बिरुवा निःशुल्क वितरण गर्यो

डिभिजन वन कार्यालय तनहुले २२ प्रजातिका बिरुवा निःशुल्क वितरण गर्यो

तनहुँ । जिल्लाका किसानलाई डालेघाँसको सहज व्यवस्था होस् भन्ने उद्देश्यले डिभिजन वन कार्यालय तनहुले २२ प्रजातिका बिरुवा निःशुल्क वितरण गरेको छ ।

उक्त कार्यालयले यो वर्ष किसानलाई ४० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको जनाएको छ । सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार किसानलाई कार्यालयको नर्सरीमा उत्पादित चाँप, खयर, निम, चिउरी, कटहर, बकाइनो, राइखन्यु, निमारो, अमला, हर्रो, टिमुर, बडहर, तेजपात, कुरिलो, कपुर, धुपी, अशोका, बेल, वर, पिपल, म्याङ्गोस्टिक, कल्कीफूलका बिरुवा वितरण गरिएको हो ।

गत आर्थिक वर्षमा कार्यालयले ८२ हजार बिरुवा वितरण गरेको थियो । जिल्लाका कूल क्षेत्रफलमध्ये करीब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन रहेको छ ।