Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

वन क्षेत्रको विकासमा किसानलाई जोड्न भोजपुरमा साढे आठ हजार बढी बिरुवा वितरण

वन क्षेत्रको विकासमा किसानलाई जोड्न भोजपुरमा साढे आठ हजार बढी बिरुवा वितरण

भोजपुर । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न भोजपुरमा साढे आठ हजार बढी बिरुवा वितरण गरिएको छ । किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका बिरुवा वितरण गरेको हो ।

किसानलाई वन उद्यममार्फत आयआर्जनमा जोड्न, तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एकरएक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५० लोड सल्लाको बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो ।

भोजपुरका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्थालाई मागका आधारमा बिरुवा वितरण गरिएको हो ।

हरित क्षेत्रको विकासँगै किसानलाई आर्थिक रूपमा समेत टेवा पुर्‍याउने लक्ष्यले विभिन्न कार्यक्रममार्फत किसानलाई बिरुवा वितरण गरिरहेका अधिकृत अधिकारीको भनाइ छ ।

दिङ्ला, याकु, बालाङखा र जिल्लामा सञ्चालनमा रहेका नर्सरीबाट असार र साउन महिनामा ८० हजार बिरुवा वितरण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय वृक्षरोपण दिवस २०८२ तथा विश्व वातावरण दिवसको अवसरमा पौवादुङमा गाउँपालिका तथा विभिन्न ठाउँमा बिरुवा रोपण कार्यक्रम भइरहेको कार्यालयले जनाएको छ । यो कार्य निरन्तर रूपमा अघि बढाइने कार्यालयले जनाएको छ ।