Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आाज पनि देशका केहीँ भागमा ठुलो पानी पर्ने सम्भावना

आाज पनि देशका केहीँ भागमा ठुलो पानी पर्ने सम्भावना

काठमाडौँ । सुदूरपश्चिमका विभिन्न ठाउँमा यतिबेला पानी परिरहेको छ । आज सबै प्रदेशमा पानी पर्ने र सुदूरपश्चिममा अझै ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो हप्ताभरी नै निरन्तर पानी पर्ने सम्भावना छ । अहिले देशभर नै मनसुन सक्रिय भएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजसम्म लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा ठूलो वर्षाको सम्भावना रहेकाले पूर्वसूचनाको पालना गर्दै सावधान रहन भनेको छ ।