Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसईई मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसईई मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । एसईई को नतिजा सार्वजनिक भएको छ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसईई मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले हिजो सार्वजनिक गरेको नतिजा अनुसार यसवर्ष एसईईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको छ । गएको वर्ष ग्रेडेड हुनेको सङ्ख्या ४८ प्रतिशत थियो ।

बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको सङ्ख्या ४८ हजार १ सय ७७ रहेको छ । बोर्डका अनुसार १।६० देखि २ जीपीए ल्याउने ८ जना, २ देखि २.४० जीपीए ल्याउने ४ हजार १२६ जना, २.४० देखि २.८० जीपीए ल्याउने ४८ हजार ४७९ जना, २.८० देखि ३.२० जीपीए ल्याउने ८९ हजार १२४ जना, ३.२० देखि ३.६० जीपीए ल्याउने ८१ हजार ३८५ जना, ३.६० देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ जना, नन ग्रेडेड– १ लाख ६७ हजार ५९७ जना छन् ।

एसईईमा कुल ४ लाख ३८ हजार आठ सय ९६ परीक्षार्थी सहभागी थिए ।