काठमाडौँ । टिकटकमार्फत गालीगलौज गर्ने टिकटकर रमा बस्नेत हिजो ३० हजार धरौटीमा छाडेपछि अहिले उनको चर्चा थप बढेको छ । अझ भनौ उनलाई फूलमाला लगाएर स्वागत गरिएको त्यो दृश्यले यतिबेला फेसबुक भरि चर्चा पाएको छ । कतिपयले यसरी आफ्नो गल्तीले प्रहरी हिरासतमा पुगेको मान्छेलाई त्ससरी फुलमालले स्वागत गरेपछि धेरैले आलोचना पनि गरेका छन । उनलाई यतिसम्मकी भविष्यमा सांसद र प्रधानमन्त्री बन्ने आशिष पनि त्यहा स्वागत गर्न पुगेकाले दिए । रमाका बुवा श्यामबहादुर बस्नेतले छोरीलाई जिल्ला अदालत बाहिर छोरीलाई माला लगाइदिएका थिए । यता रास्वपाका अनुशासन विभाग प्रमुख रहेका अधिवक्ता यज्ञमणि न्यौपाने पनि अदालत परिसरमा देखिएका थिए । तर यहिबिचमा फेरि रमा बस्नेतलाई हिरासत सम्म पुयाउने अर्को चेतवानी आएको छ ।
उनलाई युवराज सफलले फेरि थप सजाय पाउने गरि आफनो सामाजिक सञ्जालमार्फत चेतवानी दिएका छन । उनी आफनो फेसबुकमा लेख्छन रमा बस्नेतलाई हिजो अदालतले हिरासत मुक्त गरेको छ । आफ्नो मान्छेको भजन किर्तन गरेर अरुको चरित्र हत्या गर्ने छुट छैन । कति पटक युवराज सफलको पनि चरित्र हत्या भिडियो मैले देखेको छु । यो गरे बापत तिमीले फेरि सजाय पाउनु पर्ने नै छ । छिटोभन्दा छिटो साइबर क्राइममा रमा बस्नेतलाई अर्को मुद्दा हाल्दै छु । सार्वजनिक रुपमा माफी मागेको भिडियो पोस्ट गरेको खण्डमा भने तिमीलाई माफी दिनेछु । सम्बन्धित मान्छेको ध्यानाकर्षण होस् उनले लेखेका छन । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गरेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी हुन ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधवार विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दामा न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । खोटाङ घर भई हाल भक्तपुर बस्दै आएकी बस्नेतलाई गत असार १ मा पक्राउ गरेर गृह मन्त्रालयको पत्र अनुसार प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले बुधबार मुद्दा दायर गरेको थियो । सरकारी वकिलले दायर गरेको अभियोग पत्रमा बस्नेतले टिकटक भिडियो मार्फत प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको टिप्पणी गरेकी थिईन । भिडियो बनाइ घृणा, द्वैष फैलाइ चरित्रहत्या गरेकाले १ लाख जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै हुनुपर्ने माग दाबी सहित जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा दायर गरेको थियो । धेरैले रमा बस्नेतलाई पाएको सजाय ठिक रहेको भनेर प्रतिक्रिया दिएका थिए । बोल्न पाईन्छ भन्दैमा सामाजिक सञ्जालमा आएर मुखमा आएका सबै कुरा भनेर अरुलाई बदनाम बनाउनेलाई यसरी नै कारबाही गर्न पर्छ भन्दै आवाज उठाएका छन ।