काठमाडौँ । निर्मला पन्तको घटनालाई झल्को दिने उस्तै प्रकारको घटना फेरि सिन्धुपाल्चोकमा घटेको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ कोलगाउँमा ११ वर्षीया निशा तामाङको हत्या उनै निर्मला पन्तको जसरी बलात्कारपछि हत्या भएको छ । नजिकैको बारीमा किशोरीको सामूहिक बलात्कारपछि हत्या गरेर शव खोल्सामा लगेर फालेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ। २०७५ साउन १० मा कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको थियो। सो घटनाको अहिलेसम्म पनि अनुसन्धान सफल हुन सकेको छैन। उता निशाको असार ११ मा घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन ।बालिका करिब ४र५ सय मिटर टाढा कोलगाउँको एक घरमा बस्थिन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो। शुरुमा काठमाडौंबाट तालिम प्राप्त कुकुर पनि झिकाएर प्रहरीले अनुसन्धान सुरू र्गयो। केही दिनअघि तीन जनालाई प्रहरीले पक्राउ र्गयो। पक्राउ परेका तीन जनासँग सोधपुछ गरेपछि अन्य दुई जना पनि संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। पाँच जनाले ती बालिकालाई सामूहिक बलात्कार गरेर पछि हत्या गरेको उनीहरूले बयानमा खुलाए।प्रहरीले भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरेको हो। यसमा निमा भन्ने व्यक्ति ती बालिकाको आफन्त पनि पर्छन्। उनीहरू एकै गाउँका भएकाले स्वाभाविक रूपमै चिनजान पनि थियो। शव असार ११ गते फेला परेको भए पनि उनीहरूले बलात्कार गर्ने योजना भने असार ९ गतेदेखि नै बनाएको एसपी कार्कीले बनाए। साँझपख भएपछि बालिकालाई बोलाएर निमाले ‘टिकटक चलाउन’ भनेर आफ्नो मोबाइल फोन दिएर पठाए। बालिका गएपछि उनीहरू नजिकैको मकैबारीमा बसेर मापसे गर्न सुरू गरेको प्रहरीले जनाएको छ। निमाको फोनमा सम्पर्क गरी बालिकालाई बोलाएको देखिएको छ।
त्यसपछि बालिकामाथि उनीहरूले पालैपिलो बलात्कार गरेका थिए। बालिका बेहोस भएपछि भने उनीहरूले डरले घाँटी थिचेर हत्याको प्रयास गरेको एसपी कार्कीले बताए।घाँटी थिचेर पनि नमरेको हुनसक्ने भएपछि केही पर लगेर उनीहरूले भीरबाट खसाउँदा पनि रूखमा अड्कियो। अन्तिममा उनीहरूले त्यहाँबाट पनि अन्त लगेर ढुंगाले हिर्काएर बालिकाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो। आरोपीहरू विरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको एसपी कार्कीले जानकारी दिए ।