Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गएराति केहीँ ठाउँमा वर्षा,आज पनि सबै प्रदेशमा पानी पर्ने सम्भावना

गएराति केहीँ ठाउँमा वर्षा,आज पनि सबै प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौँ । गएराति उपत्यकाका जिल्ला सहित देशका धेरै ठाउँमा सामान्य वर्षा भएको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै दोलखामा २१.४ मिलिमिटर पानी परेको छ । भेलबाढी आउने गरी कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि सबै प्रदेशमा पानी पर्ने र केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । दिउँसो कर्णाली प्रदेश तथा राति कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।