काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी,कर्णालीका केहीँ ठाउँमा पनि बर्षा भैरहेको छ । आज सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्न सक्ने महाशाखाका मौसमविद्ले बताए ।
गएराति ललितपुरको टिकाथली, गोदावरी, खुमलटार र काठमाण्डौको बुढानिलकण्ठ तथा सिन्धुपाल्चोक क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ ।
बाढी पूर्वानुमान महाशाखाले ठूलो पानी परेका ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । भिरालो तथा कमजोर जमिनमा पहिरोको जोखिम उच्च भएकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।