काठमाडौँ । रुपन्देहीको योगीकुटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागी हुँदा अवरुद्ध भएको छ । गएराति विद्युत् सर्ट भएर झन्डै एक घण्टा विद्युत अवरुद्ध भएको थियो । सबस्टेशनमा आगलागीपछि अवरुद्ध विद्युत शुरू भएको नेपाल विद्युत प्राधिकरण लुम्बीनी प्रादेशिक कार्यालयले जनाएको छ ।
आगलागी भएको एक घण्टामा नै विद्युत आपूर्ति सहज भएको कार्यालयका प्रमुख शम्भु कुशियत यादवले जानकारी दिनुभयो । आगो तत्कालै निभाउन सकिएकाले ठूलो क्षतिबाट जोगिएको थियो ।