Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रहरी जवान भनेको प्रहरी संगठनको मेरुदण्ड हो : एसएसपी विश्व अधिकारी

प्रहरी जवान भनेको प्रहरी संगठनको मेरुदण्ड हो : एसएसपी विश्व अधिकारी

काठमाडौँ । जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रमुख वरिष्ठ उपरीक्षक एसएसपी विश्व अधिकारीले प्रहरी जवान भनेको प्रहरी संगठनको मेरुदण्ड रहेको बताएका छन् ।

आइतबार प्रहरी वृत्त दरवारमार्गको निरीक्षण तथा निर्देशन कार्यक्रममा बोल्दौ एसएसपी अधिकारीले जवान भनेको संगठनको मेरूदण्ड रहेको र संगठनमा जवानको योगदान समेत उच्च रहेको समेत बताए ।

सेवाग्राहीहरुसंगको दैनिक व्यवहारमा व्यावसायिकता प्रदर्शन गर्न र सभ्य शिष्ट तवरले प्रस्तुत हुन, आफुलाई तोकिएको जिम्मेवारी अनुसार सबै दर्जाका प्रहरी कर्मचारीहरूले प्रभावकारी र उत्कृष्ट तवरबाट कार्यसम्पादन गर्न उनले निर्देशन समेत दिए ।

निरीक्षणको क्रममा उनले मौसमजन्य विपदको बेलामा आफ्नो कार्यालयमा भएको उद्धारका सामाग्रीहरू तयारी रूपमा राख्न र तत्कालै परिचालन हुन सक्ने अवस्थामा रहन समेत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।