Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बाँके, बर्दिया, दाङ, बागलुङ, पाल्पा र कास्कीका नदीमा बाढी

बाँके, बर्दिया, दाङ, बागलुङ, पाल्पा र कास्कीका नदीमा बाढी

काठमाडौँ । वर्षासँगै बाँके, बर्दिया, दाङ, बागलुङ, पाल्पा र कास्कीमा नदीमा बाढी आएको छ । बबई नदीअन्तर्गत बाँकेको बार्गदह, बर्दियाको रानीजरुवा, कुर्मागाउँ र रम्भापुर तथा दाङको पदमपुरमा बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बर्दियाकै दौलतपुरमा रहेको कर्णाली नदीमा पनि बाढी आएको छ । नारायणी नदीअन्तर्गत बागलुङको बोबाङ, पाल्पाको जाल्पा र कास्कीको लुम्लेमा पनि बाढी आएको महाशाखाले जनाएको छ । लगातार पानी परिरहेका अरू ठाउँमा पनि बाढीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।