Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो १२ घण्टामा नवलपरासी पूर्वमा बर्षा,सावधानी अपनाउन आग्रह

पछिल्लो १२ घण्टामा नवलपरासी पूर्वमा बर्षा,सावधानी अपनाउन आग्रह

काठमाडौँ । पछिल्लो १२ घण्टामा नवलपरासी पूर्वमा ठूलो पानी परेको पाइएको छ । नवलपरासी पूर्वको डण्डामा सबैभन्दा धेरै एक सय १६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै चितवनमा १०० दशमलव ४ र डोटीमा ९१ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।

यी क्षेत्र आसपासका नदी तथा खोलामा जलसतह बढ्न सक्ने र बाढी पहिरो जान सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै डडेलधुुरा, दाङ, तनहुँलगातका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै ठाउँमा गएराति पनि पानी परेको थियो ।

अहिले पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।