Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रकृति लम्साल मृत्यु प्रकरणका आरोपित युवक धरौटीमा रिहा,आरजु राणा सामु परिवार आयो गुहार्दै

प्रकृति लम्साल मृत्यु प्रकरणका आरोपित युवक धरौटीमा रिहा,आरजु राणा सामु परिवार आयो गुहार्दै

काठमाडौँ । भारतको एक होस्टलमा केही महिना अघि शंकास्पद अवस्थामा मृत फेला परेकी नेपाली बिद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणका अभियुक्त धरौटीमा रिहा भएपछि यता परिवार हारगुहार गर्न थालेका छन । प्रकृतिका बुवा सुनील लम्सालले अहिले फेरि न्यायको ढोका ढकढकाउदै हिडन थालेका छन । ‘अभियुक्त रिहा भएको थाहा पाएलगत्तै बुबा सुनिलले जेठ २८ गते हाम्रा परराष्ट्रमन्त्रीडा आरजु राणालाई भेटेर ज्ञापनपत्र पनि दिईसकेका छन । श्रीवास्तवको रिहापछि प्रकृतिका पिता सुनिल लम्सालले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका छन्।

अभियुक्तलाई रिहाको आदेश उच्च अदालतले त्यतिबेलै दिएको भए पनि आफूले दुईरचार दिनअघि मात्र थाहा पाएको बताए। अभियुक्त धरौटीमा छुटेकाले अब आफूले न्याय नपाउने हो कि भन्ने चिन्ताले सताएको उनले बताए। ‘उक्त घनाको अनुसन्धानको क्रममा तथ्यगत आधारमा घनामा संलग्न व्यक्ति पक्राउ परी अनुसन्धानको क्रममा उडिसा प्रहरीबाट पक्राउ परी अदालतद्वारा बिचाराधीन अवस्थाको मुद्दाको पुर्पक्षको क्रममा कारागार चलान भएको थियो। प्रस्तुत मुद्दामा भुवनेश्वर प्रहरीबाट उक्त अभियुक्त उच्च अदालत उडिसाको आदेशले कारागारबाट धरौटीमामा छुटिसकेको भन्ने खवरले मेरो छोरीले न्याय नपाउने हो कि भन्ने कुराले मलाई चिन्तित बनाएको छ।’, लम्सालले लेखेको निवेदनमा उल्लेख छ ।

त्यस्तै उच्च शिक्षा हासिल गर्न गएकी नेपालकी छोरीलाई मृत्युको मुखमा धकेल्ने समूहलाई कानुन बमोजिम अनुसन्धान गरि कारबाही गर्न सुनिलले ध्यानाकर्षण समेत गराएका छन् । नेपाली छात्रा प्रकृति लम्सालको प्रकरणमा पक्राउ परेका अद्विक श्रीवास्तवलाइ उच्च अदालत उडिसाले एक लाख भारतीय रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। गत फागुन ४ गते प्रकृति लम्साल विश्वविद्यालयको होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। उनीमाथि मानसिक र शारीरिक यातना दिएको आरोपमा भारतीय नागरिक श्रीवास्तव पक्राउ परेका थिए। उनी प्रकृतिका पूर्व प्रेमी भएको बताइएको छ। विश्वविद्यालयमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शनसमेत गरेका थिए।प्रहरीले अनुसन्धानको क्रममा प्राप्त गरेका अडियो, भिडियो र तस्बिरहरूले श्रीवास्तवले प्रकृतिलाई बारम्बार मानसिक यातना दिएको पुष्टि गरेको थियो। प्रकृतिले विश्वविद्यालय प्रशासनमा दुईपटक उजुरी दिएकी थिइन्, तर प्रशासनले आवश्यक कारबाही नगरेको विद्यार्थीहरूको आरोप छ। साथै पहिले प्रेम सम्बन्धमा रहेको उनीहरू सम्बन्धमा दरार आएपछि छुटिएका थिए ।

तर आद्विक श्रीवास्तवले प्रकृतिको पिछा नछोडेको र उनलाई शारीरिक तथा मानसिक यातना दिने गरेको प्रहरी अनुसन्धानले समेत देखाएको थियो । साथै आद्विकको व्यवहार बारे प्रकृतिले विश्वविद्यालयको अन्तर्राष्ट्रिय विभागमा २ पटकसम्म उजुरी गरेको विवरण समेत प्रहरीले जम्मा गरेको थियो । तर अदालतको आदेशसँगै उनी रिहा भएका छन् ।