Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशैभर गर्मी बढ्यो,केहीँ भागमा आंशिक बद्ली

देशैभर गर्मी बढ्यो,केहीँ भागमा आंशिक बद्ली

काठमाडौँ । केहीँ दिन बाट पानी पर्न कम भएसँगै काठमाण्डौ उपत्यकासहित देशैभर गर्मी बढ्न सुरु भएको छ । आज र भोलि गर्मी अझै बढ्ने अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सबैभन्दा धेरै धनगढीको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै ठाउँहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँ हिमपातको पनि सम्भावना छ ।