Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि किसान चिन्तित

खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि किसान चिन्तित

रामेछाप। जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन् । सुरमा पात खाने र बिस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि कीराका कारण निस्कन सकेका छैनन् । केही निस्किहाले भने पनि त्यो धानचमराले काम नगर्ने, घोगा नलाग्ने, पात ठुटै पारेर खानेजस्ता समस्या छ ।

मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगङ्गा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी कीराले दुःख दिने गरेको हो । उक्त कीरा नियन्त्रण नगर्ने हो भने मकै बाली सखाप परिदिने अवस्था भएको मन्थली नगरपालिका–७ की किसान सरिता ढुङ्गेलले बताए ।

नगरपालिकाका कृषि विकास शाखाका प्रमुख कृष्ण भुजेलका अनुसार, फौजी कीराले मकै बालीलाई दुःख दिएको जानकारी आफूलाई भएकाले पालिकामार्फत त्यसको नियन्त्रणका लागि आवश्यक पहल भइरहे पनि नियन्त्रणका लागि निकै समस्या छ।