Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा विनोद घिमिरे,सह प्रवक्ता मा रमेश थापा

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा विनोद घिमिरे,सह प्रवक्ता मा रमेश थापा

काठमाडौं,नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहीबार जनाएको छ ।

प्रहरी नायव महानिरीक्षक घिमिरेलाई ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ । 

साथै सोही सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई सह-प्रहरी प्रवक्ता तथा सूचना अधिकारी तोकिएको उक्त सचिवालयले जनाएको छ ।