Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजको मौसम यस्तो रहने

आजको मौसम यस्तो रहने

काठमाडौँ ।अबका केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि भेलबाढी आउनेगरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको हो ।

एक हप्ताअघि गएको बिहीवार राति पूर्वी भेगबाट मनसुन शुरू भएको थियो । शुरुवातमै सक्रिय भएको मनसुन अहिले भने केही निष्क्रिय रहेको छ र कोशी प्रदेशमा मात्रै सीमित छ । मनसुन सक्रिय हुन र अरु प्रदेशमा फैलिन केही दिन लाग्ने मौसमविद् कँडेलले जानकारी दिनुभयो ।

आज सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।