Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । १७ जेठ । सिराहा, नरहा गाउँपालिका(४ मंगनिया चोक बस्ने ३० वर्षीय भुला रायको नास्ता पसल, श्याम किशोर यादवको किराना पसल तथा महेन्द्र रायको मदिरा पसल र घुम्ती पसल समेतमा शुक्रबार दिउसो आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रूपन्देही, बुटवल उपमहानगरपालिका(१२ ढुवानी ग्रामस्थित हरि प्रसाद शर्मा पौडेलले संचालन गर्दै आएको बाग्लुङ ढुवानी सेवाको सटर नम्बर ३२ मा शुक्रबार बिहान आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरी, इनरूवा नगरपालिका(९ बबिया टोल बस्ने आबास खानको घरमा शनिबार बिहान आगलागी हुँदा करिब १ लाख ६९ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।