काठमाडौँ । आज बाट काठमाडौँ प्रवेश गर्ने मुख्य सडक नागढुंगा–नौबिसे सडक १६ दिन आंशिक रूपमा बन्द हुने भएको छ। यसअघि नै सूचना जारी गरी नागढुंगा(नौबिसे खण्डको नागढुंगा– पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भएकाले जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधनहरू आवतजावत रोकिने भएको हो।
उक्त समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी साधन खानीखोला बजारमा रोकिनेछन्।
यस अवधिमा साना तथा मझौला सवारीसाधनको लागि वैकल्पिक रुटहरू सीतापाईला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा छहरे–त्रिशूली ९विदुर०–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ।
दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने उक्त समयमा पनि निर्वाध सञ्चालन गर्न दिइने सडक योजनाले जनाएको छ।