काठमाडौँ । विद्युत प्राधिकरणको लापरबाहीका कारण काभ्रेको धुलिखेलमा विद्युतका एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । काभ्रेको धुलिखेलमा विद्युत पोलमा काम गरिरहेका मजदुर उज्वल नेपालीको करेन्ट लागेर मृत्यु भएको हो। विद्युत सुरक्षा नियमको पालना नहुँदा यस्तो दुर्घटना भएको पाईएको छ । धुलिखेल नगरपालिका( ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका थिए । उनी सर्लाही इश्वरपुरन नगरपालिकाका(१२ घारिबथानका युवक हुन । ११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मिन घलेले बताए ।
तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ । उनलाई विद्युत प्राधिकरणले नै काममा लगाएको थियो । शनिबार बिहान ११ः३० बजेको समयमा धुलिखेल नगरपालिका ७ सञ्जीवनी चोकस्थितमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । उनलाई विद्युत प्राधिकरणले नै काममा लगाएको थियो ।घटनाको सूचनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक हरेराम नेपालको कमाण्डमा २५ जनाको टोली खटिएको थियो । उनको शव पोलबाट झिकेर पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ। शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो । त्यसैले सावधानी अपनाउन भनेको थियो । तर, कार्यालयकै असावधानीले एक जना मजदुरको मृत्यु भएको छ ।
मृतक उज्वलको शवलाई पोलबाट निकालेर पोस्टमार्टमको लागि धुलिखेल अस्पताल पठाएको छ । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिनयता मौसम खराब छ । केही ठाउँमा हावाहुरी चलेको छ । देशका विभिन्न ठाउँमा चट्याङसहित वर्षा भइरहेको छ । उता यही जेठ १ गते बिहीबार, काभ्रेको मण्डनदेउपुर नगरपालिका १० बाँसटौवामा चट्याङ र्पयो । वडाध्यक्ष कुमार तामाङका अनुसार उक्त चट्याङ ठूलो कटहरको रुखमा परेको थियो । चट्याङ परेलगत्तै रुख दनदनी बल्न थाल्यो । पानी परिरहेकै बेला रुखमा दन्किरहेको आगो निभाउन नसकेपछि स्थानीयवासीले उपमेयर विष्णुमणि नेपाललाई खबर गरेका थिए । डोरीको सहायताले रुखका हाँगा काटेर आगो नियन्त्रणमा लीएको थियो ।