Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही

सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सगरमाथा संवादमार्फत नेपालमा जलवायु परिवर्तनले गरेका असर र भोगेका समस्याबारे  विश्वको ध्यानाकर्षण गरिने बताएका छन् ।

नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्दैछ । साथसाथै संस्थाले हालै सोलुखुम्बुको थामेमा गरेको जलवायुसम्बन्धी कार्यक्रमको प्रतिवेदन बुझ्दै आज उनले संवादमा हिमालदेखि समुद्री टापुसम्म जलवायुका कारण उत्पन्न समस्याबारे साझा धारणा बनाएर अघि बढ्ने बताए ।

मन्त्री शाहीले थामेमा बाढीबाट भएको क्षति र पछिल्लो वस्तुस्थितिबारे ध्यानाकर्षण गराउन स्थलगत कार्यक्रम गरेकामा धन्यवाद दिँदै सुझावलाई सगरमाथा संवादमा छलफलका लागि समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसअवसरमा साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले थामे क्षेत्रमा जलवायुले गरेका असर तथा स्थानीयका अनुभवबारे जानकारी गराए ।

साथसाथै न्यूज डटकमका प्रधानसम्पादक एवं अन्तरराष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देलले नेपाल जस्तो हिमाली मुलुकमा जलवायु परिवर्तनले तुलनात्मक रूपमा बढी असर परेकाले जलवायुजन्य हानिको क्षतिपूर्तिका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा प्रभावकारी रूपमा दाबी गर्नुपर्ने धारणा राखे ।