Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज देशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाण्डौमा पनि दिउँसोपछि मेघगर्जनसहित छिटपुट पानी पर्न सक्ने अनुमान गरिएको मौसम विभागले जनाएको छ ।

हिजो गुल्मी, स्याङ्जा, काभ्रेलगायतका जिल्लामा ठूलो पानी परेको थियो । काठमाण्डौ उपत्यकामा आज बिहानपख छिटपुट पानी परेको थियो ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।

अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।