Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काभ्रेको पनौतीमा बाढीले स्थानीयबासिन्दामा त्रास,बाढीले मकै र आलुबालीमा क्षति

काभ्रेको पनौतीमा बाढीले स्थानीयबासिन्दामा त्रास,बाढीले मकै र आलुबालीमा क्षति

काठमाडौँ । काभ्रेको पनौतीमा बाढीले स्थानीयबासिन्दामा त्रास छाएको छ । बाढीले एक महिलालाई बगाएको छ भने खेतबारी, सडक, पुल र खानेपानीको पाइपमा क्षति पुगेको छ ।हिजोको आरीघोप्टे वर्षा र त्यसपछिको बाढीले त्रास बढेको हो ।

हिजो दिउँसो कुलो तर्ने क्रममा पनौती नगरपालिका–५ की २८ वर्षीय रेनुका गिरीलाई बगाएको र उनको अवस्था अज्ञात रहेको छ । एक्कासी आएको बाढीले मकै र आलुबालीमा क्षति पुगेको छ ।

गएको असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका स्थानीयबासिन्दालाई मनसुन शुरू नहुँदैको बाढीले झस्काएको छ ।

पनौतीमा हिजो दिउँसो १ बजेदेखि ५ बजेसम्म आरीघोप्टे वर्षा भएको थियो । बाढीले वडा नम्बर २, ३, ४, ५, ६, , ७, ८, ९, १० बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ ।