Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जडीबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँका संरचना खाली गर्न सुचना जारी

जडीबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँका संरचना खाली गर्न सुचना जारी

काठमाडौँ । काठमाण्डौको जडीबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँ १५र१५ मिटरभित्रका संरचना खाली गर्न सुचना जारी गरिएको छ । सडक विभाग र काठमाण्डौ महानगरपालिकाले संयुक्त सूचना निकालेर सडकको सीमा क्षेत्रभित्र नक्सा पास विनारनक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू आफैँ हटाउन ३५ दिनको अल्टिमेटम दिएको हो ।

सूचनामा भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८ साल मङ्सिर १८ गते राजपत्रमा प्रकाशित सूचनानुसार जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५र१५ मिटर सडकको सीमा कायम रहेको साथै नेपाल सरकार र पालिकाबाट यही वैशाख १० गते संयुक्त रूपमा सीमाङ्कन चिनो लगाइएको उल्लेख छ ।

तोकिएको म्यादभित्र अनधिकृत संरचना नहटाए प्रचलित नियमानुसार कारबाही गरिने सूचनामा भनिएको छ ।